५० जना सवार रुसी विमान सम्पर्कविहीन, खोजी जारी

रुसमा एउटा विमान बेपत्ता भएको छ । बिहीबार २४ जना यात्रु क्षमता भएको सो विमान ५० जना बोकेर रुसको सुदूर पूर्व क्षेत्रमा उडिरहेको थियो । विमानको खोजी कार्य जारी रहेको क्षेत्रीय गभर्नर भासिले ओर्लोभले भनेका छन् । उक्त विमानसँग एयर ट्राफिक कन्ट्रोलरले सम्पर्क गुमाएको छ ।

विमान साइबेरियास्थित अङ्गारा एयरलाइन्सको भएको स्थानीय आकस्मिक मन्त्रीले बताए । चीनसँगको सीमामा रहेको अमुर क्षेत्रमा रहेको टेन्दा सहरका लागि उडेको उक्त विमान गन्तव्य नजिकै पुगेर हराएको थियो ।

प्रारम्भिक तथ्याङ्कका अनुसार विमानमा ४३ जना यात्रु रहेको र यसमा पाँच जना बालबालिका समेत भएको ओर्लोभले बताए । विमानमा ६ जना क्रु मेम्बर रहेको भनिएको छ ।