मापदण्ड मिचेकोे अवैध संरचना बन्दा के हेरेर बस्दै छन् एस.एस.पी पाण्डे ?

काठमाडौ । काठमाडौको चाबहिलमा रहेको मालपोत कार्यलयसँगै धोबिखोलाको करिडोरमा खोलाको मापदण्ड विपरित दुई तलाको टहरा निर्माण गरिरहँदा पनि महानगरपालिका मुकदर्शक बनेर बसेको भन्दै स्थानीयले आपत्ति जनाएका छन । स्थानीयले खोलाको मापदण्ड विपरित दुई तलाको टहरा निर्माण भईरहेको भनेर महानगरपालिकामा उजुरी पनि गरेका छन् ।

गोपिकृष्ण हलको दक्षिण पुर्व डेन्टल हस्पिटलको पछाडि, ए वान पार्टी प्यालेश एण्ड रेष्टुरेन्ट संगैको उक्त संरचना हाइटेन्सनलाईन मुनि बनि रहेको छ । बालकुमार मान्धरको जग्गामा बन्दै गरेको उक्त संरचना डा.सुवास धिमेरे, सन्जय अधिकारी, उदब कुमार के.सि, सविता बसौता, चादनी लगायतले बनाउदै गरेको स्थानीयको दाबी छ । यसरी खोलाको मापदण्ड बिपरित हाईटेन्सनलाईन मुनि संरचना बन्दा र उजुरी पर्दा समेत महानगरपालिकाबाट निमार्ण रोक्न कुनै पहल नभएको उनीहरुको गुनासो छ ।

यसै सम्वन्धमा काठमाडौ महानगरपालिका वडा नं ७ का सदस्य उज्वल अर्याल संग प्रतिकृया माग्दा उहाँले वडामा उजुरी परे पछि निमार्ण स्थलमा गएर आफुहरुले अनुगमन गर्दा मापडदण्ड बिपरित पाए पछि महानगरपालिकाको केन्द्रमा लेखि पठाएको जानाकारी दिनुभयो । उहाँले निमार्ण कर्ताले वडा नम्वर ४ बाट एक तलाको नक्सा पास गरेको बताए पनि आफूहरुलाई नक्सा नदेखाएको पनि बताउनुभयो । अर्यालले भन्नुभयो उक्त जग्गा पहिला ४ नम्वर वडामा पर्दो रहेछ अहिले खोलाले बहाब फेरेकोले ७ नंम्व वडामा पर्दछ हामीले नक्सा माग्दा ४ नंम्वर वडाबाट नक्सा पास गरेका छौ भने तर नक्सा देखाएनन । वडा सदस्य अर्यालले खोला छेउमा छाड्नु पर्ने मापदण्ड बमोजिम २० मिटर नछोको पनि बताउनुभयो ।

यसरी मापदण्ड बिपरित छ भने स्थानिय र स्वंयम वडा कार्यलयबाट लेखि पठाउँदा पनि महानगरबाट निर्माण कार्य रोक्नु भनि कारबाही हुनुपर्नेमा कुनै कदम नचालिए पछि यसमा महानगरको केन्द्रको भुमिकामा आशंका उठेको छ । उजुरी कर्ताहरुले त महानगर प्रहरीकै एस.एस.पी राजु पाण्डेको छत्रछायांमा सो कार्य भएको आशंका गरेका छन । उनीहरुको प्रश्न अन्यत्र मापदण्ड बिपरित बनेको भनेर खोला किनारका सुकुम्वासी बस्ती र अन्य बनि सकेकका संरचना भत्काउने पाण्डेले यो संरचना बन्दा के हेरेर बसेका छन ? उनीहरुको आशंका छ पाण्डेसंगकै मिलोमतोमा यो काम भईरहेको हुन सक्ने ।

स्थानियले खोलाको मापदण्ड मिचेको र हाइट्रेसन लाइन मुनि दुई तले अबैध रूपमा सिमेन्टेड पिलर सहितको टहरा निर्माणमा लाखौं घुसको लेनदेन भएको पनि आरोप लगाएका छन् ।