आन्दोलनरत उखु किसानल यही भदौ २५ गते देखि राजमार्ग केन्द्रित आन्दोलन गर्ने ।

 

आन्दोलनरत उखु किसानल यही भदौ २५ गते देखि राजमार्ग केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरुले सरकारले बेवास्ता गरेको बताउँदै अब राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
महासंघको विज्ञप्तिमा आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने जनाएको छ ।
महासंघले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदा रकम विनासर्त भुक्तानि गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेको छ ।