नेपाली सेनाले राजधानीको विभिन्न ठाउँमा सुरक्षा र चेकजाँचमा कडाइ गरेको छ । माइतीघर क्षेत्रमा भने सेनाले चेकजाँचमा निकै कडाइ गरेको छ र हिँडडुलमा समेत रोक लगाएको छ । केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले निकै कडाइ गरेको हो। अत्यावश्यक सेवाका सवारीसाधनलाई रोकतक नभए पनि अन्यलाई प्रवेश दिइएको छैन ।
यस्तै माइतीघर क्षेत्रमा अघिल्लो दिनमा सेनाको सङ्ख्या बाक्लो देखिन्छ । बुधवार युवाहरूको केही समूहले माइतीघरमा प्रदर्शन गर्ने भन्दै ब्यानर सार्वजनिक गरेका थिए ।



















