skip this वडा नं १६ बालाजु च:मती

मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो पन्छाउन दिनभरि लाग्ने

 

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकैको पहिरो पन्छाउन बुधबार दिनभरि लाग्ने भएको छ। तुइन खोलानजिकै मंगलबार बिहानैदेखि ढुंगासहितको सुख्खा पहिरो खसेको भए पनि बाटो एकतर्फी बनाउँदै यातायात सञ्चालन गरिएकामा दिउँसो एक्कासि ठूलो पहिरो खसेको थियो।

उक्त भीषण पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने हुँदा वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरूलाई सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।

‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै हिजो अपराह्न ४ः५०  बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको  । पहिरो पन्छाउनको लागि बुधबार दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारी धनीहरू एवं यात्रुमहानुभावहरूलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं,’ सडक डिभिजन भरतपुरले भनेको छ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्।

पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुंगा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ। दसैंको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।