अहिले बलमिच्याईँले बनेको सरकार छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको दाबी गरेका छन् । आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार संविधानअनुसार नबनेको धारणा राखेका हुन्।

‘अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ, किनभने अहिले देशमा सरकार छ, अहिलेको सरकार संविधानअनुसार बनेको छैन। बलमिच्याईँले बनेको सरकार छ। उनले थपे, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो। संसद् तुरुन्त सपथ ग्रहण, तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु। त्यो सिफारिस लागु गर्नुपर्छ र संसद भंग गर्ने हो भने प्रधानमन्त्रि हुन्छ। नत्र जेन्जीले देशमा आगो बाल्छ।’

उनले भने, ‘संसद भंग गर्ने पूर्व सर्त राखेर सर्वोच्च, सार्वभौम सत्ता जनताको सर्वोच्च संस्था संसद र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो।’