इजरायल र हमासबिच गाजामा युद्धविराम सम्झौता लागू भएको छ । हमासले आधाभन्दा धेरै मृत बन्धकको शव फिर्ता गर्न बाँकी छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा अमेरिकी सैन्य हस्तक्षेपको कुनै आवश्यकता नभएको बताएका छन् । गाजामा अमेरिकी सेना सामेल हुनु पर्ने कुनै कारण छ कि भनेर उनलाई सोधिएको थियो ।
‘मलाई लाग्छ हामी यसलाई धेरै राम्रोसँग सम्हाल्नेछौँ । हामी इजरायललाई मद्दत गर्नेछौँ, र हाम्रो साथमा अरु देशहरू पनि छन् ।’ अमेरिकी सेनाको संलग्नाको आवश्यकतालाई अस्वीकार गर्दै ट्रम्पले भने ।
यो सम्झौतामा आफूहरूले अन्य कयौँ देशहरू मिलेर हस्ताक्षर गरेको अनि यी मध्ये कयौसँग शक्तिशाली सैन्य शक्तिहरू भएको अनि हमासलाई तिनीहरूबाट कुनै समर्थन नभएको पनि उनले बताए । हमासलाई पहिले इरानको समर्थन भएपनि अब त्यो समर्थन नरहेको पनि उनले बताए ।


















