मानव पुस्तकको रुपमा रहँदा

आज शनिबार कार्तिक ८, का म पा ४, सुकेधारा धोबिखाला किनारस्थित मानव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रको ४१ औँ श्रृँखला अन्तर्गत यस सान न्यूज च्यानलका स्तभ्भकार अच्युतप्रसाद पौडेल ‘चिन्तन’ मानव पुस्तकका रुपमा विशिष्ठ आतिथ्यता ग्रहण गर्दै संस्थाले सोधिएका विभिन्न जिज्ञासाहरुका साथ आप्mनो जीवन कहानी र उल्लेखनीय कार्य अनि जीवनका घटित आरोह अवरोहका बारे आम दर्शक, श्रोतृवृन्दमा प्रस्तुत हुँदै रहेको अबस्था छ । बिहान ११ बजे विभिन्न क्षेत्रका साहित्यकारहरुको उपस्थितिमा प्रस्तुत हुने धार्मिक गुरु, सामाजिक अभियन्ता श्रीचिन्तनले जीवन र जगत् बारेको व्यापक दृष्टिकोण प्रस्तुत गरिरहँदा सो कार्यक्रमका सन्चालन मुक्तक अभियन्ता घुम्ती मुक्तकका अध्यक्ष निर्मलरमण पराजुलीले गर्दै हुनुहुन्छ ।
समालोचक तथा पूर्व प्र जि अ युवराज मैनालीबाट स्वागत मन्तव्य र संस्थाका परिकल्पनाकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष, लेखक तथा अध्यात्म चिन्तक हरिभक्त सिग्देल महेशको सभापतित्वमा सन्चालन हुने सो विशेष कार्यक्रममा आख्यानकार तथा युरोलजिष्ट प्रा डा अर्जुनदेव भट्ट एवं मुक्तिनाथ दर्शन काठमाडौँका अध्यक्ष तथा साहित्यकार कलानिधि दाहालले शुभकामना मन्तव्य र संस्थाका परिकल्पनाकार तथा अध्यक्ष क्याम्पस प्रमुख विष्णु पन्तले धन्यवाद अनि उपस्थित साहित्यकारहरुले आ आप्mना रचनाहरु श्रवण गराउँदै सम्पन्न हुने सो कार्यक्रममा पंक्तिकारकोे १ घण्टा लामो अभिव्यक्ति हुनेछ ।
रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सशक्त अरु धेरै सन्चार च्यानलहरुबाट अविरल आप्mना प्रस्तुतिहरु सदावहार रुपमा प्रस्तुत भइरहँदा पछिल्लो कृति नेपालका ६४ ज्योतिर्लिँगहरुका बारे पनि सो कार्यक्रममा विवेचना रहने छ । अविरल रुपमा आमसन्चारमा स्तम्भकारुपमा प्रस्तुत भई यसअघि दर्जनौँ पुस्तक लिएर नेपाली साहित्यमा आइरहँदा नेपालका चारधाम र प्रसिद्ध मठ, मन्दिरहरु तथा वास्तुशास्त्र र देशका चाडपर्व नामका पुस्तकहरु अधिक खोजीमा रहेका र हाल ती पुस्तक आपूmसंग मास्टर प्रति मात्रै रहेको अबस्था छ । गुरुकूलमा अध्ययन र पछि विभिन्न औपचारिक अध्ययनका लागि त्रिभूवन विश्व विद्यालय एवं विदेशसमेत भौतारिएको अनुभव र वाल्यकालमा वज्रयोगिनी, गुह्येश्वरी र शिव साधना गर्दै विद्यालय जीवनदेखि नै पुराण र शास्त्र चर्चामा प्रखर रुपमा रहेको संस्मरण ताजा छ । साहित्यमा पहिलो कविता मानव पशु र पुस्तकाकारमा जीवन चक्र पहिलो लिएर उभिँदै गर्दा अब त्यो कालखण्डले ५दशक उछिनिसकेको छ । वोनसको रुपमा पाएको पछिल्लो जीवन समयलाई पनि धर्म र साहित्यकै साधना गर्ने विचारमा आपूm रहेको र ५० पछिको जीवन अहिले पनि किशोर वय टिन् एजर १९ रहेको अनुभूति छ आपूmसंग ।
देशमा प्रजातन्त्रको अभ्युदयसंगै प्रशासन सुधार बुच कमिशन स्थापना र ११ सालमा राजा महेन्द्रको शासनकाल शुरुदेखि प्रशासन सुधारका स्तम्भका रुपमा आएको निजामती सेवा ऐन र टंक प्रसाद आचार्यकै पालामा आएको देशको योजनावद्ध विकासको थालनी क्रममै देशको माटोमा आपूm प्रस्तुत भएको र धार्मिक चतुर्मास रामायण अनुष्ठानसंगै पिता दुर्गाप्रसाद र माता डोलकुमारी पौडेलको गर्भमा धेरै छोरीहरु पश्चात् छोराको रुपमा आएको त्यो पनि तीजको माइत जाने क्रममा मनोहरा माथि दुवाकोटमा मावलीमै जन्मिएर अधिकाँश समय पशुपति, देवपत्तन तथा चावहिल र आसपासमै वाल्य जीवन व्यतीत गरिरहँदा देशका कुना कन्दरासम्म पुगेर अथक धार्मिक साधना गरिरहेको र पछिल्लो समय निकै कठिन यात्रा ६४ ज्योतिर्लिगहरुको दर्शन, अध्ययन, भ्रमण पूरा गर्न पाउँदा सहयोगी हात र समूहलाई पनि धन्यवाद र आभार प्रकट गर्न चाहन्छ ।
वाल्यकालमै देशको विषम परिवेश, शान्ति सुरक्षामा चुनौती र घरघरै समस्या पन्ध्र सोह्र सालको अतित सम्झिरहँदा र अहिले पनि घरघर आपैmँले रात्रि गस्ती गर्नु पर्ने वातावरण विद्यमान रहेको र विश्व विद्यालयको स्थापना, राष्टृ बैँकको स्थापना, नयाँ मुलुकी ऐन, क्रान्तिकारी भूमिसुधार ऐन २१ साल तिरै आइसक्दा र पछिल्लो उन्नत भनिएको लोकतन्त्रमा पनि देशको समस्या र औसत आर्थिक वृद्धि दर उस्तै देखिँदा र राजा महेन्द्रका पालामा बनेका पूर्वाधार, उत्पादनमूलक उद्योग कलकारखानाहरु नदेखिँदा मन खिन्न हुन्छ । हरेक दशकमा देशमा ठूला परिवर्तन भइरहे पनि यसपालिको जस्तो ठूलो संख्यामा एकैपल्टको नरसंहार र सिँहदरबार लगायतका भवन तथा सवारीसाधनहरु पहिले कहिल्यै जलेका थिएनन् । यसबाट देश थप असुरक्षि त भइरहेको आभाष हुन्छ । सिँहदरबार जल्दा पुनर्निर्माणका क्रममा पहिलो सेवा त्यहीँबाट शुरु गर्दा र त्यसपछि महान्याधिवक्ताको कार्यालयदेखि वन कार्यालयसम्म र न्यूरोडको निजी कम्पनी देखि वाणिज्य बैँक् तथा लामो समय शिक्षण पेशामा लागिरहँदा र पैतालीस सालपछि पुनः राष्टृसेवामै सेवा गरिहँदाको अविस्मरणीय जीवनको यात्रामा धेरै उकाली ओराली भोग्दै हाल पनि रातको केही घण्टा बाहेक राष्टृहित र आम जनमानसको सेवा र सत्संगमा लागिरहँदा आपूmलाई समय बितेको पत्तै नहुने विषयहरु नै आजको कार्यक्रममा पस्किने विषयहरु हुनेछन् ।
जीवनलाई खुल्ला पुस्तकका रुपमा राखिरहँदा धर्म, संस्कृति, अध्यात्मक्षेत्र, ज्योतिष, वास्तु शास्त्र विवेचना, जीवन जगत्, ईश्वर र नश्वर अध्यात्म र विज्ञानको जोड,, सुख र दुःख नदीका दुई किनाराभैmँ रहेका र वैराग्यरुपी बालुवामा बग्ने नदीभैmँ अविरल र अथक बगिरहने सन्देश दिन चाहेको छ पंक्तिकारले । साधनाबाटै साध्य प्राप्ति हुने श्रम र परिश्रमबाटै मान्छे निखारिने, अरुको धन, भौतिक साधनमा लोभ गर्नु नहुने, शरिर चलायमान गर्न सकुन्जेल अनवरत सेवा दिइरहने क्षमता र साहस राख्नु पर्ने मान्यता र सिद्धान्त रहेको छ । चावहिल चुच्चेपाटीमा पंक्तिकारले गँगेश्वर शिव पान्चायन मन्दिर परिसरमा भागवत महापुराणको चतुर्मास अलौकिक कथा, संगीतमय सत्सँग गरिरहेकाले र सो समय पनि यसै महिनाको २२ गतेसम्म रहेको र यस पुनित कार्यक्रममा पनि सरिक हुन आह्वान गर्दै आज २ बजेसम्म हुने मानव पुस्तकको कार्यक्रममा आम मित्रहरुलाई सरिक हुन पंक्तिकार आह्वान गर्दछ । स्मरण रहोस् हालै भाद्रमा आन्दोलनमा दिवंगत भएका आम सर्वसाधारण नव पुस्ता र प्रहरीहरुको समेत चिरशान्तिको कामना गर्दै गत नवरात्रिमा विभिन्न स्थानहरुमा यज्ञहरु पनि निशुल्क रुपमा गर्दै आएको हो, रआज हुने कार्यक्रममा पनि निम्तो छ यहाँहरुलाई ।