राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयोजनामा बृहत् राजनीतिक संवाद सुरु भएको छ । रास्वपाका उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेको अगुवाईमा काठमाडौँको एक रिसोर्टमा उक्त कार्यक्रम केहीबेर अघिबाट सुरु भएको हो । कार्यक्रममा परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू सहभागी भएको सो पार्टीले जनाएको छ ।
संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत सहभागी छन् ।
‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ विषयक डा वाग्लेले स्वागत मन्तव्य राख्दै बहसको उद्देश्यबारे प्रस्ट पारेका छन् । संवादमा नयाँ राजनीतिक अभ्यास र अबको आवश्यकताबारे पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले धारणा राखिरहेका छन् ।


















