काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउन डोजर पठाएको छ । पोष्ट रहेको भौतिक संरचना हटाउन महानगरको टोली थापाथली पुगेको हो । सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको भन्दै महानगरपालिकाले अनधिकृत संरचनाहरू भत्काउनेक्रममा ट्राफिक प्रहरी पोष्ट पनि परेको हो । नगर प्रहरीसहितको टोली थापाथली पुग्दा ट्राफिक पोष्टमा भने नेपाल प्रहरीले सुरक्षा गरिरहेका छन् ।
२०३० सालदेखि यहाँ ट्राफिक प्रहरी पोष्ट सञ्चालन हुँदै आएको थियो । महानगरपालिकाले शुक्रबारमात्रै यस क्षेत्रमा रहेका संरचनाहरू खाली गर्न सूचना जारी गरेको थियो । यसअघि १२ मंसिर २०७९ मा पनि महानगरले थापाथली क्षेत्रको बस्ती खाली गराउने प्रयास गरेको थियो ।



















