राजदूत फिर्ता गर्ने सरकारको निर्णयमा सर्वोच्चले लगायो ब्रेक

सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश दिएकाे छ । सर्वाेच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार न्यायाधीशहरू सारङ्गा सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजालासले उक्त आदेश भएकाे हाे ।

यसअघि सरकारले विभिन्न ११ देशका राजदूतालाई फिर्ता बाेलाएकाे थियाे, जसमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिकाका लागि लोकदर्शन रेग्मी र जापानका लागि डा. दुर्गाबहादुर सुवेदीलाई राजदूतबाट फिर्ता बोलाएको थियाे ।

चुनावी सरकारले छानीछानी राजदूत फिर्ता बाेलाएकाे भन्दै चाैतर्फी आलाेचना भएको थियाे । सरकारकाे उक्त निर्णयकाे विरुद्धमा अधिवक्ता प्रतिभा उप्रेती र सुनील भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

pdf-Suprime-(1-)-1762082284.jpg

pdf-Suprime-(2.)-1762082294.jpg