मिराज नेतृत्वको जेन–जी समूहलाई सिंहदरबारमा निषेध, गेटमै टाँसियो मागपत्र

मिराज समूहको जेन–जी समूहले सिंहदरबार प्रवेश गर्न निषेध गरिएको छ । उनीहरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि गेटमै मागपत्र टाँसेका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मागपत्र बुझाउने उनीहरूको तयारी थियो ।