मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।

उनी हिजो बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको अस्पताल स्रोतले जनाएको छ । शाहलाई भेट्न आज बिहानै प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् ।