जेनजी पुस्ताको भावना विपरित श्रीमान् श्रीमतीदेखि वृद्ध नेतासम्मलाई कांग्रेसको टिकट सिफारिस

काठमाडौं । नेपाली कांग्रेस क्षेत्र न. ९ ले फागुन २१ गते हुने आम निर्वाचनका लागि ८० वर्ष नाघेका वृद्ध नेता ध्यानगोविन्द रन्जित र दामोदर गौतमलाई राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिस गरेको छ भने प्रत्यक्ष संघीय निर्वाचन र संघीय समानुपातिक निर्वाचन प्रणालीका लागि १५ जनाको नाम सिफारिस गरेर नेपाली कांग्रेस काठमाडौं जिल्लामा बुझाएको छ ।
जेनजीको भावना र कांग्रेस केन्द्रीय समितिको परिपत्र विपरित उक्त क्षेत्रका केन्द्रीय सदस्यहरु ध्यानगोविन्द रन्जित, नानु बास्तोला लगायत केन्द्रीय नेताहरुले क्षेत्रीय समितिलाई दवाव दिएर केन्द्रको परिपत्र लत्याएको क्षेत्रीय समितिका एक सदस्यले बताए ।
क्षेत्रीय समिति सभापति जयकृष्ण महर्जनले तीन पटक बैठक राखेर तीनजनाको नाममा सहमति गराउन गरेको प्रयास विफल भएपश्चात वृद्ध नेतादेखि श्रीमान् श्रीमतीको नाम समेत क्षेत्रले सिफारिस पठाएको हो । अधिकांश नेताहरु यसभन्दा अगाडि पटक पटक अवसर पाइसकेका र क्षेत्रमा अलोकप्रिय हुँदाहुँदै पनि टिकट सिफारिस गराउन विभिन्न माध्यमबाट दवाव दिएको बताइन्छ । क्षेत्रमा वर्तमान क्षेत्रीय सभापति जयकृष्ण महर्जन हालसम्म कुनै पनि अवसर नपाएका र युवा पुस्ताले चाहेको भन्दै क्षेत्रीय समितिको २६ जनाले सभापति महर्जनलाई संघीय प्रणालीको प्रत्यक्षको टिकट दिन सिफारिस पठाएको क्षेत्रका एक सदस्यले बताए ।
यसरी सिफारिस हुनेहरुमा ८१ वर्ष पार गरेर पटक पटक अवसर पाइसकेका ध्यानगोविन्द रन्जित र २०५१ मा प्रतिनिधिसभामा उम्मेदवार बनिसकेका दामोदार गौतम, त्यसैगरी, पटक पटक अवसर पाइसकेका श्यामकृष्ण खड्का र खड्काकी श्रीमती कल्याणी खड्का दुई दुई पटक उपमेयरको टिकट पाइसकेको हुँदा अधिकांश अन्य स्थानीय नेताहरु खड्का परिवारसँग असन्तुष्ट देखिन्छन् । खड्का श्रीमतीले यस पटक पनि समानुपातिकमा दावी गरेकी छिन् भने श्रीमान्ले प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार बन्न नाम सिफारिस गराएका छन् ।
त्यस्तै स्थायी घर हात्तीगौंडाबाट स्युचाटार बसाइ सरेका क्षेत्रीय प्रतिनिधि राजन खत्रीले पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा नाम सिफारिस गराउन सफल भएका छन् ।
केन्दीय सदस्य नानु बास्तोला, महाअधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का र धर्मराज गौतमले यसभन्दा अगाडि प्रदेश सदस्यमा नेपाली कांग्रेसबाट टिकट पाइसकेका व्यक्ति हुन् ।

यसभन्दा अगाडिको आम निर्वाचनमा प्रदेश सभा (क)बाट केन्द्रीय सदस्य नानु बास्तोला र प्रदेश (ख)बाट महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का र त्यसैगरी २०७० मा महासमिति सदस्य धर्मराज गौतम उम्मेदवारी बनि पराजित भइसकेका व्यक्ति हुन् ।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ, किरण गिरी, गौरीप्रसाद दवाडी, सुधा रिजाल, डा. अमिता प्रधान, दिलमाया अधिकारी, गोमा गुरुङ र कल्याणी खड्कालाई समानुपातिक निर्वाचनतर्फ नाम सिफारिस गरेको छ

नेपाली कांग्रेसको केन्द्रीय समितिले पठाएको परिपत्रअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ३ जनाको नाम सिफारिस पठाउनु भनिएता पनि अधिकांश केन्द्रीय सदस्य, पदाधिकारी रहेका क्षेत्रहरुमा दर्जनौं सफारिस आइरहेको छन्