निर्वाचन आयोगदेखि पञ्जीकरण विभागका वेबसाइट ह्याक गरेको आरोपमा २ जना पक्राउ

विभिन्न सरकारी वेबसाइटहरू ह्याक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका–९ घर भएका २० वर्षीय सन्तोष चिमरिया र सोही ठाउँ घर भएका १९ वर्षीय विकास पौडेल छन् ।

केन्द्रीय साइबर ब्यूरोको टोलीले चिमरियालाई झापाबाट र पौडेललाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो । उनीहरूले निर्वाचन आयोग, नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक गरेको आरोप छ ।

सरकारी वेबसाइटहरू सिलसिलेवार रूपमा ह्याक र डाटा ब्रिच गरिएको यो घटनामा सीएमडी नेपाल, नेपाली फर नेपाल समूहले आफूले घटना घराएको दाबी गर्दै आएको थियो ।

पक्राउ परेकाहरू ४ थान ल्यापटप, १० थान एन्ड्रोइड मोबाइल, १ थान आइफोन, फिचर फोन, हार्ड ड्राइभ र रिपिटर बरामद गरिएको साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बताए ।