skip this वडा नं १६ बालाजु च:मती

एमाले को केन्द्रीय कमिटी बैठक जारी

 

 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ।

ललितपुरको एकान्तकुनास्थित म्याजेष्टिक ग्राण्ड प्यालेस बैठकमा विभिन्न एजेन्डामा छलफल हुने बताइएको छ।

उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भूमिका तथा आसन्न आमनिर्वाचनको तयारीका विषयमा गहन छलफल हुने जनाइएको छ।

बैठकको पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको प्रथम बैठकयताका राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका र आगामी आमनिर्वाचनको तयारीबारे विस्तृत सम्बोधन गर्ने कार्यसूचीमा उल्लेख छ।

बैठकमा दोस्रो विधान महाधिवेशन (२०–२२ भदौ २०८२) र एघारौं राष्ट्रिय महाधिवेशन (मंसिर २७– पुस ३ ) ले पार्टी विधानमा गरेका संशोधनका आधारमा पार्टी नियमावलीमा आवश्यक संशोधन प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ।

 

यस्तै, एघारौं राष्ट्रिय महाधिवेशनको आम्दानी–खर्चसम्बन्धी मोटो विवरण पनि बैठकसमक्ष प्रस्तुत गरिनेछ।