नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आफूहरूबाट ‘हाइज्याक’ भएको भन्दै निर्वाचन लड्न गाह्रो हुने बताएका छन् । उनले निर्वाचन आयोगले असंवैधानिक तवरले दिएको निर्णय सर्वोच्च अदालतले सच्याउने आशा रहेको बताएका छन् ।सर्वोच्चमा रिट निवेदन दिएपछि उनले अदालतले आफूहरूलाई अधिकारिकता नदिए चुनाव लड्न नसकिने धारणा राखे ।
६ गते प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ । पार्टी हामीसँग छैन, अनधिकृत व्यक्तिले अपहरण गरेको छ,’ उनले भने, ‘रुख छैन, चारतारे झण्डा छैन । कसरी चुनाव लड्न सकिन्छ?’ निधिले आधिकारिक कांग्रेस आफूहरू भएको भन्दै आइतबार रिट निवेदन दर्ता गरेको पनि जानकारी दिए ।


















