skip this वडा नं १६ बालाजु च:मती

राप्रपाको घोषणा पत्र भोलि सार्वजनिक हुने

राप्रपाको घोषणापत्र शनिबार सार्वजनिक गरिने भएको छ । घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार राप्रपामा छलफल भएको छ । शुक्रबा। बिहानै केन्द्रीय कार्यालय, धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर घोषणापत्रको अन्तरवस्तुबारे छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राप्रपाले भ्रष्टाचारको अन्त्य, राजसंस्थाको पुनस्र्थापनासहितको एजेण्डामा केन्द्रीत रहेर घोषणापत्र तयार गरेको छ ।