जनता जागेकाे बेला कचकच नगर्न अन्य दलका नेता-कार्यकर्तालाई रविको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चेतना बढिरहेका बेला अन्य दलका नेता-कार्यकर्ताले अनावश्यक कचकच गरिरहेको टिप्पणी गरेका छन् ।

कर्णालीको सुर्खेतमा आयोजित चुनावी वाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले जनताको जागरणलाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन् । उनले भने, ‘जनता जागेको बेला विवाद होइन, सहकार्य आवश्यक हुन्छ ।’ रास्वपा एक्लै चुनाव लड्ने स्पष्ट गर्दै उनले पार्टीसँग डराउनुपर्नेहरू मात्र डराउने बताए । जनतालाई डराउनुपर्ने अवस्था नभएको उनको भनाइ थियो ।

लामिछानेले विश्वविद्यालयमा दलगत प्रभाव हटाएर शैक्षिक वातावरण सुदृढ बनाउने र ठेक्का लिइएका विकास आयोजना समयमै सम्पन्न हुने प्रणाली विकास गर्ने लक्ष्यसमेत प्रस्तुत गरेका छन् ।