इरानको राजधानी तेहरानमा इजरायलले रातभर गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ । आक्रमणपछि आकाशतर्फ बाक्लो धुवाँको मुस्लो उठेको र शहरका केही क्षेत्र उज्यालो बनेको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार आक्रमणपछि लागेको आगो नजिकैको कूहसर बुलेवार्डसम्म फैलिएको छ । आगलागीले सडक किनारका घर र पसलहरूमा समेत क्षति पुर्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।


















