skip this वडा नं १६ बालाजु च:मती

धुलिखेल–खावा सडकमा आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातका समयमा यातायात बन्द गरिने

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डको कालेपत्र पक्की बनाउन आगामी चैतमा दुई हप्ता रातका समयमा यातायात बन्द गरिएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि आगामी चैत ७ गतेदेखि २० गतेसम्म साँझ ६ बजेदेखि बिहान ५ बजसम्मको समयमा यातायातका साधान बन्द गरिएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इािन्जनियर सुनम योगेशले बताउनुभयो ।