धेरैको जिज्ञासा छ धर्म के हो र अध्यात्म के हो ? प्रश्नोत्तर दुबै सजिलो छैन । यसलाई यसरी बुझौँः वातावरण के हो ? उत्तर सजिलो छ । वात माने हावा आवरण माने ढकनी, अर्थात् हावाको खोल । यस्तो पनि हुन्छ ? जिज्ञासा हुन्छ, हुन्छ उत्तर आउँछ । आज हाम्रो वातावरण बिग्रेको छ, मात्रै होइन साह्रै खराव छ, हामी र हाम्रै कारण, अरुको पनि होला, तर संसार एउटै भएकाले अरुलाई दोष दिएर हुन्न, हामी भन्ने शब्दले सबै पर्यौ भन्नाले सात अर्ब र आश्रित सबै । जति वातावरण अहिले अनुकूल भएन धर्म पनि अनुकूल रहेन, ढकनी खराव भएपछि त्यसभित्रको चुरो पनि खराव हुँदै आयो, भित्रको चूरो भनेको अध्यात्म । जसरी वातावरण देखिन्छ भित्रको वात भनेको हावा देखिन्न तर छ, अनूभूति हुन्छ, आकारमा पनि राख्न सकिएला तर यो निराकार नै हो, चित् हो चैतन्य हो ।
अधि शब्दमा आत्मा मिलेर अध्यात्म हुन्छ, सजिलोगरी भन्नुपर्दा, अधिको अर्थ सन्निकटता आजको भाषामा क्लोज्नेस र आत्मा भनेको परमात्माको अँश आत्मतत्व जो सबै जीवात्मामा छ तर देखिन्न, यसको अभावमा कुनै पनि जीव जड भइहाल्छ, मान्छे हो भने घाटतिर दौडाउनु नै पर्छ, घरमा राखे अपवित्र हुन्छ मात्रै होइन गनाउन थाल्छ । आत्मा परमेश्वरको अँश भएकोले नदेखिने परमात्माले अँश उसको छोडेपछि त्यसको कुनै अस्तित्व रहन्न । शरिर ३ किसिको छ, स्थूल भोक तिर्खायुक्त जन्म मृत्युभित्र । यसको भित्र रहेको अर्को शरिर सूक्ष्म छ,त्यो मन हो, त्यसभित्र अर्को छ आत्मा त्यो कारण शरिर हो, यसलाई आनन्द बाहेक केही चाहिँदैन, मनलाई भने शान्ति र बाह्य शरिरलाई सुख, जो विज्ञानमय कोषहरुले निर्मित हुन्छ । स्व को खोजी अध्यात्म हो, बाहिरको खोजी धर्म हो, धर्म व्यक्ति, समूह, समुदाय, जात विशेष, वर्ग, देश विशेष बा केही होला तर अध्यात्म त्यस्तो हुन्न, न यो कुनै जात, देश, भूगोल बा कुनै परिवेश नै हुन्छ । यसो भनौँ खहरे, खोला, नदी, छालहरु सबै महासागर उन्मुख हुन्छन्, पृथक बाटो लिएर तर जाने गन्तव्य एकै हो समुद्रमै पुग्छन्, धर्म पनि त्यही हो पृथक रहेर पनि अन्ततोगत्वा जिवात्मालाई लग्ने स्थान उही हो, त्यो परमतत्व परमात्मा । जो अनन्तकोटी ब्रह्माण्डलाई आप्mनो एक उदरमा समाहित गरेर अदृश्य रुपमा बसेको छ । आकाशमा जहाज उडेको छ, हामी पाइलट भने देख्दैनौँ तर पाइलट छ, यसरी बुझौँ ।
विश्वमा धेरै खाले धर्महरु छन् । हामी वैदक सनातनी हौँ, आर्य भनिन्छ, हिन्दु भनिन्छ । हीनात् दूरयति इति हिन्दु, अर्थात् जो हीन कार्यबाट दूर हुन्छ त्यो हिन्दु हो, वैदिक धर्म भनिन्छ यसलाई, मूल ग्रन्थ वेद नै हो । ओमकार परिवारमा पर्ने वैदिक सनातनी, बौद्ध, जैन र शिखहरु हुन् । बुद्ध धर्मग्रन्थ धम्मपद हो, त्रिपिटक हो, त्रिरत्न वन्दना हो । वैदिक सनादनीका पूजास्थल मन्दिर भने जस्तो बौद्धस्थल भनेको विहार, मठ, स्तूप, चैत्य, गुम्बाहरु हुन्, अह्सिा यो धर्मको विशेषता हो । लुम्बिनीका बुद्ध नै यसका प्रवर्तक हुन् । जैन धर्म प्रवर्तक गुरुहरु २४ छन्, तिनमा महाबीर मुख्य हुन् । मूल धर्मग्रन्थ एकादश आगम ग्रन्थ हो । अह्ँिसा, अस्तेय, अपरिग्रह, सदाचार र पवित्रता मुख्य आदर्श हुन्, उपासनास्थल भनेको जैन मन्दिर हो । अर्को छ शिख धर्म, प्रवर्तक गुरुनानक हुन्, उपासनास्थललाई गुरुद्वारा भनिन्छ, अहिँसा, सत्कर्म, परोपकार मूल विशेषता हो पन्जावको स्वर्णमन्दिर प्रमुखस्थल हो ।
इस्लाम धर्म पनि छ, यसका प्रवर्तक साउदी अरव मक्काका पैगम्बर मोहम्मद हुन्, यो धर्म मान्ने मुसलमान हुन्छन्, मुस्लिम भनिन्छ, धर्म ग्रन्थ कुरान हो, उपासनास्थल मस्जिद हो, ईश्वरलाई अल्लाह भनिन्छ, यिनमा जातिपाति अश्पृश्यता हुन्न, मक्का मदिना नै प्रमुख तीर्थस्थल हो । ईसाई धर्म पनि छ, इजरायलको जेरुसेलममा जन्मेका महात्मा इसामसिँह जसलाई जेसस क्राइष्ट भनिन्छ यसका प्रवर्तक हुन्, धर्मग्रन्थ बाइबल हो, उपासनास्थल चर्च हो, रोमन क्याथोलिक, प्रोटेस्टेन्ट र प्गूरिटन गरी यसका ३ सम्प्रदाय छन् । लोभ नगर्ने र आपूmलाई दीन हीन नसम्झने करुणा र दया गर्ने यो धर्मको विशेषता हो । जेरुसेलम, भेटिकन सिटी, बेथ्लेहम यसका तीर्थस्थलहरु हुन् । अर्को छ पारसी धर्म, प्रवर्तक हुन् महात्मा जोराष्टर, यिनको धर्मग्रन्थ जेन्ह अबेस्ता हो पारसी जसलाई इरानीयन भनिन्छ जातिवाद र मूर्तिपूजा बा अश्पृश्यतालाई मान्दैनन् । सहिष्णुता, पवित्रता, दानवीरतामा जोड दिन्छन् र तीर्थस्थल अग्नि मन्दिर हो । अर्को छ यहुदीधर्म, संस्थापक हुन् हजरत मुसा, यो धर्मका ग्रन्थहरु भनेको वाइबल र कैवला हो । यसले दया, प्रेम, न्याय सदाचार अशक्त सेवालाई मान्यता दिन्छ, जेरुसेलम तीर्थस्थल हो । अर्को छ शिन्टो धर्म, जापानको राजधर्मको रुपमा रहेको यसका दुई सम्प्रदायहरु छन्, पहिलो हो स्टेटस शिन्टो र अर्को हो सेल्टेरिना शिन्टको । जापनमा बौद्ध धर्म चल्तीमा छ, तर स्टेट शिन्टकोहरु मिकाडोलाई देवता मान्छन् र सेल्टेरियन शिन्टको पूर्वज भनौँ कूल पूजालाई मान्यता दिन्छन् । जापान बाहिर कोरिया, चीन, ताइवानमा शिन्टकोहरुले सूर्यलाई देवता मान्छन्, सम्राट मिकाडोलाई ईश्वरको पतिनिधिको रुपमा मान्छन्, बौद्ध धर्मलाई पनि मान्छन्, बौद्ध तीर्थमा जान्छन् ।
अर्को धर्म छ टाओधर्म, यो चीनको प्राचीन राजधर्म हो, संस्थापक टाओ टजु हुन्, टाओ टजुकै पूजा गरिन्छ । प्राकृतिक, राजनैतिक र सामाजिक स्वतन्त्रता यिनको जन्मसिद्ध अधिकार हो, प्रकृतिपूजक हुन् यी, अह्ँिसा, दया, आत्मशुद्धि हुने, छल कपट नगर्ने, दूर्गुणहरु त्याग्ने हुन्छन्, यी बौद्धधर्मलाई मान्छन्, बौद्धतीर्थहरुमा जान्छन् । अर्को धर्म कन्फुसियनः चीनकै राजधर्म हो, संस्थापक हुन् कन्फुसियस । चीन, ताइवान, थाइल्याण्ड, कोरिया आदि देशमा छ । ईश्वरको पूजा, माता पिताको, गुरु, सज्जनको सम्मान, समाज, राष्टृप्रति आस्था, पूर्वजहरुप्रति आदर यिनको विशेषता हो र बुद्धलाई मान्छन्, बोद्धतीर्थहरुमा जान्छन् ।
वैदिक अनुयायीहरुको मूल ग्रन्थ गीता, पुराण विभिन्न शास्त्रहरु हुन् । कर्म, ज्ञान र उपासना प्रमुख छन् । भागवत सबैको सार हो, सत्य यसको विशेषता हो । सप्तशती भुक्ति हो, भागवत भक्ति हो, गीता मुक्ति हो । चार आश्रम छन् ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास आश्रम, चार पुरुषार्थ छन्ः धर्म, अर्थ, काम र मोक्ष । विश्वमा धेरै धर्म सम्प्रदायहरु भए पनि अध्यात्ममा कुनै सम्प्रदायहरु हुन्न । अध्यात्मको मूल सर्बस्व ब्रह्म सत्यं जगत् मित्थ्या हो ।





















