गायक चेतन राईको पाँचौँ एल्बम स्पीडमा रहेको ‘कैयौँ प्रहर’ सार्वजनिक

काठमाडौंगायक चेतन राईको पाँचौँ एल्बम स्पीडमा रहेकोकैयौँ प्रहरसार्वजनिक गरिएको छ। पप जनरमा आधारित यस एल्बम रोमान्टिक शैलीका गीतहरूले सजिएको गायक राईले जानकारी दिनुभएको छ।

एल्बममा समावेश गीतहरूको शब्द तथा संगीत प्रतिक थापाले तयार पार्नुभएको हो भने स्वर स्वयं गायक चेतन राईको रहेको छ। गीतहरूको संगीत संयोजन सविर कार्कीले गर्नुभएको छ।

यस एल्बमअन्तर्गतको एक गीत  स्पीडमा रहेको  म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोको निर्देशन प्रविण पुरीले गर्नुभएको छ। भिडियोमा कलाकार पूर्ण . गन्धर्व प्रितिका शर्माले अभिनय गर्नुभएको छ।

भिडियोको सम्पादन तथा रङ संयोजन राज धामीले गर्नुभएको हो भने छायांकन सविन तिमल्सिनाले गर्नुभएको छ।

गायक राईका अनुसारकैयौँ प्रहर’ गितमा प्रेम, भावना सम्बन्धका विविध पक्षलाई समेटिएको छ ।