नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले भ्रष्टाचार रोक्न सकेन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पनि हराएर जाने बताएका छन् ।
समाजिक सञ्जालमा उनले लेखेका छन्– ‘अब आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ ।’


















