कांग्रेस केन्द्रीय समिति बैठकका लागि ५ एजेन्डा तय

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केहीबेरमा पार्टी मुख्यालय सानेपामा सुरु हुँदै छ । बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने तयारी गरेको छ । त्यस्तै, १५ औँ महाधिवेशन तयारीबारे पनि बैठकमा छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यस्तै, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको छ ।