नेपाल प्रहरीले नै ‘अप्रिल फुल’ मनाएपछि…

नेपाल प्रहरीले अप्रिल फुलको अवसरमा सचेतना अभियान चलाएको छ ।

प्रहरीले आफ्ना सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गरेको छ, जसमा ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?’ भनेर हेर्न भनेको छ ।

त्यसपछि क्युआर कोड स्क्यान गरेपछि सचेतना सन्देश देखिने बनाएको छ । ‘तपाईंले स्क्यान गर्नुभएको QR CODE सचेतना अभियानको लागि हो’, प्रहरीले लेखेको छ, ‘आज हामीले मजाक गरेका थियौं……तर भोलि यस्तै QR बाट तपाईं SCAM मा पनि पर्न सक्नुहुन्छ ।’

प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको QR CODE स्क्यान नगर्न र स्क्यान गर्नुअघि भेरिफाइ गर्न अनुरोध गरेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा राखेको क्युआर कोड :

scan-1775025966.jpg

क्युआर कोड स्क्यान गरेपछि खुल्ने सन्देश

657154724_1310023574363044_6751651820849184912_n-1775026015.jpg