हर्क साम्पाङले विदेशी ऋण स्वीकृतिमा सामाजिक सञ्जालबाटै विरोध जनाए

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विदेशी ऋण सदनले अनुमोदन नगर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले अबदेखि यस्तो निर्णय नगर्न सरकारलाई सुझाव दिएका छन । उनले लेखेका छन, ‘विदेशी ऋण सदनले अनुमोदन गर्दैन ! वाहियात, यस्तो निर्णय नगर्नु आइन्दा ।’ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको थियो ।