इरानले भन्योः अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप लगाएको छ ।

इरानले अब अमेरिकासँग वार्ताको कुनै अर्थ नरहेको पनि जनाएको छ । इरानी संसदका सभामुख मोहम्मद बघेर गालिबाफले अमेरिकामाथिको अविश्वास उसको बारम्बार प्रतिबद्धता तोड्ने व्यवहारका कारण भएको बताए । उनका अनुसार यसपटक पनि उही प्रवृत्ति दोहोरिएको छ ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार मानेको भए पनि औपचारिक संवाद सुरू हुनुअघि नै त्यसका सर्तहरू उल्लंघन गरिएको दाबी गरे । गालिबाफका अनुसार पहिलो सर्त लेबनानमा युद्धविराम लागू गर्ने थियो, तर लेबनानमा इरजरायलका भीषण आक्रमण जारी छन्।

दोस्रो सर्तअनुसार इरानको हवाई क्षेत्रमा अतिक्रमण नगर्ने सहमति भएको थियो। तर फार्स प्रान्तको लार क्षेत्रमा एक ड्रोन प्रवेश गरेपछि त्यसलाई खसालिएको गालिबाफले बताएका छन्।