राप्रपाकी समानुपातिक सांसद सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावक राप्रपा नेता ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन्।
रास्वपाले लामालाई समर्थन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। सभामुख रास्वपाबाट भएकाले संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगबाट उपसभामुख चयन गर्नुपर्ने हुन्छ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र राप्रपा नेता शाहीबीच छलफल भएको थियो। श्रमसंस्कृति पार्टीले पनि उम्मेदवारी दिने तयारी गरिरहेको भए पनि रास्वपाले राप्रपालाई समर्थन गर्ने संकेत देखिएको छ।


















