खुश्बुले भनिन्– रास्वपालाई राप्रपाले माफी गरिदिनेछ

उपसभामुख चुनावमा धोका दिएको भन्दै राप्रपाले रास्वपामाथि आक्राेश पोखेको छ । संसदमा उपसभामुख चयन प्रक्रिया चलिरहेको छ । त्यसक्रममा राप्रपाकी सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस र समर्थन गर्दै राप्रपाका नेताहरूले रास्वपाको आलोचना गरेका हुन् ।

प्रस्ताव पेस गर्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रास्वपाबाट धोका भएको बताएका थिए । समर्थन गर्ने क्रममा राप्रपाकी सांसद खुश्बु ओलीले पनि राप्रपाको आलोचना गरिन् । उनले यस्तो खालको अविश्वास र धोका अब सदनमा नदोहोरियोस् भन्ने आफूहरूले चाहेको बताउँदै भनिन्, ‘केही छैन । राप्रपाले रास्वपालाई माफी गरिदिनेछ ।’