घट्यो सनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि घटेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।