हातखुट्टा बाँधेर छोराले बाबुको हत्या गरेको १८ वर्षपछि प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ४९ वर्षीय राम बिलास महतो छन् । उनी ३१ वर्षको हुँदा २० जेठ २०६४ मा ६५ वर्षीय बाबु बिशेश्वर महतोको हत्या गरेको आरोप छ । हातखुट्टा बाँधी धारिलो हतियार प्रहार गरी राम बिलासले बाबु बिशेश्वरको हत्या गरको आरोप छ ।
विशेश्वरले गाउँका धेरै मान्छेसँग ऋण लिएको, अड्डा अदालतमा ऋण लिएकै व्यक्तिसँग ‘जग्गा खिचलो भएकोले सम्बन्धित साहुलाई ज्यान मुद्दामा फसाउन सकिन्छ’ भनेर आफ्नै बाबुको हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।
उनीमाथि ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीका प्रवक्ता विष्णु प्रसाद बस्यालले बताए ।


















