परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ । त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।