नेपालगंज उपमहानगरपालिका-५ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८ ग्राम ८ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत उत्तर प्रदेश बहराईज रुपैडिया बाबागंज पुरानी बजार घर भएका ३२ वर्षीय मोहमद हामीद समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ४० बिएच ४७०८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको
छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















