पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले गर्‍यो इन्कार

इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा स्पष्ट कसुर नदेखिएको र आवश्यक सर्त पूरा नभएको भन्दै इन्टरपोलले यस्तो निर्णय गरेको हो। साथै, कुन कसुरमा अनुसन्धान भइरहेको हो र त्यसको अवस्था के छ भन्ने विषयमा पनि प्रश्न उठाएको छ।

यसअघि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि रेड नोटिसका लागि प्रक्रिया अघि बढाइएको थियो । देउवा दम्पती हाल विदेशमा रहेको बताइए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन।