विचारको बहस र विकास गर्ने जिम्मेवारी युवाको काँधमा : भण्डारी

 

९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छिन् ।

शनिबार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताइन् ।

भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको उनको भनाइ थियो ।

छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उनले उल्लेख गरिन् ।

 

‘आज विश्व समुदाय र नेपाल दुवै जटिल तथा बहुआयामिक चुनौतीको सामना गरिरहेका छन् । लोकतन्त्र प्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू पुन: राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन् । यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समय अनुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्वपूर्ण दायित्व हुन आउँछ,’ उनले भनिन् ।

उनकाअनुसार मदन भण्डारीले स्थापित गर्नुभएको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति हुन् ।