नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय नेतृत्व सभापति गगन थापा पक्षप्रति आक्रोश पोख्दै उनीहरूले पार्टीमा भ्रम फैलाएको आरोप लगाएका छन्।
धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले नयाँ भनाउँदा नेताहरूले पार्टीको जग र बलिदान नबुझेको भन्दै कडा चेतावनी दिए ।
सम्बोधनका क्रममा सभापति बलायरले सभापति गगन थापाको नाम नलिई उनीप्रति लक्षित गर्दै कडा व्यङ्ग्य गरे।भेलामा सम्बोधनको क्रममा बलायर निकै आक्रोशित भए ।
‘हामी शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ। कसैको घमन्डले कांग्रेस चल्दैन’, बयलायरले भने।


















