नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिँदै पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न र संगठनलाई सक्रिय बनाउन माग गरेका छन् ।
उनीहरूले ‘Party Unity First, Ego Later’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ र ‘युवालाई स्पेस देऊ, पार्टीलाई पेस देऊ’ लगायतका नारासहित नेतृत्वको ध्यानाकर्षण गराएका थिए।


















