विद्युतमा भ्याट लगाउने घोषणाले भान्सा अझ महंगो हुन्छ, तत्काल फिर्ता लिनु: कुलमान घिसिङ

कुलमान घिसिङले सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध गरेका छन् ।

स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटमार्फत यस्तो व्यवस्था घोषणा गरेपछि घिसिङले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।घिसिङका अनुसार यो निर्णय आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरणको लक्ष्य तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत छ।

उनले अधिकांश ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने ग्राहक सामान्य घरायसी उपभोक्ता भएकाले यसले लाखौं परिवारको मासिक खर्च बढाउने र भान्सा महँगो बनाउने बताए ।

उनले विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला अतिरिक्त कर लगाएर उपभोक्तालाई निरुत्साहित गरिएको टिप्पणी गर्दै आन्तरिक विद्युत खपत बढाउन उपभोक्तामैत्री नीति आवश्यक रहेको बताएका छन्।