सांसदहरुको लामो समयको मागपछि प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहले आज दलगत रुपमा सांसदले सोधेको प्रश्नको जवाफ दिने सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदनमा जानकारी गराएका थिए ।
आजको संसद बैठकको शुरुमै सांसदको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले उठेर सभामुखसँग समय माग गरेका थिए । केहिछिन् प्रधानमन्त्रीलाई रोकेका सभामुख अर्यालले यसपछि प्रधानमन्त्रीलाई सांसदको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रोष्टममा बोलाएका थिए ।

















