बालेनले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल

नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले प्रधानमन्त्री बालेन्द्र शाह को सीमासम्बन्धी अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाएका छन् ।

रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको टिप्पणी गैरजिम्मेवार, आधारहीन र अक्षम्य भएको बताएका छन् । उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कानुनी तथा कूटनीतिक अडान कमजोर बनाएको दाबी गरेका छन्।

रावलले प्रधानमन्त्रीसँग उक्त अभिव्यक्ति फिर्ता लिन, संसद् र जनतासमक्ष माफी माग्न तथा संसद्मा आत्मआलोचनासहित स्पष्टीकरण दिन माग गरेका छन्।