प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले स्पष्ट पार्ने भएका छन्।
प्रधानमन्त्री शाहले केही दिन अघिको बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको टिप्पणी गरेका थिए। उक्त टिप्पणीको विरोधमा विपक्षी दलहरुले प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएका थिए।
उक्त विषयमा परराष्ट्र मन्त्रीको धारणा सुन्न विपक्षी दलहरु तयार भएका हुन्। यद्यपि श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्रीले नै जबाफ दिनुपर्ने अडान लिएको छ।
रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले सदनमा जवाफ दिने प्रस्ताव गरेका थिए।
सुरूवातमा दलहरुले प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट मात्र परराष्ट्र मन्त्रीले प्रस्तुत गर्नुपर्ने बताएका थिए।
तर रास्वपाको आग्रहपछि प्रधानमन्त्रीले बोलेको विषयमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण सुन्न विपक्षी दलहरु तयार भएका हुन्।
समझदारीपछि प्रतिनिधि सभाको बैठक सुचारु भएको छ।


















