अर्थमन्त्रीको बचाउ गर्दै सुनारले भने, ‘नाक कहाँ पर्छ भनेर छानविन समिति बनाउन जरुरी छैन’

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गरेको करको दर हेरफेरका विषयमा भएको टिकाटिप्पणी र आलोचनाको विरोध गर्दै बचाउ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद सुनारले अर्थमन्त्री वाग्लेले सबै संवैधानिक प्रक्रिया पुरा गरी गरेको कर्मलाई लिएर गरिएको टिकाटिप्पणीलाई सुन्दा जायज नभएको बताए ।

सुननारले व्यतिगत रुपमा अर्थमन्त्री वाग्लेमाथि गरिएको टिप्पणी र लगाइएको आरोपप्रति आफूहरु गम्भिर रहेको बताउँदै सांसद सुनारले सदनमार्फत ध्यानाकर्ष गराउन चाहेको बताए ।

उनले भने, ‘घाम जस्तै छर्लङ भएको कुरालाई नाक कहाँ पर्छ भनेर छानविन समिति बनाउन जरुरी छैन, नाक यहिँ पर्छ भन्ने सबैलाई जानकारी होस् ।’