राष्ट्रिय स्वतन्त्र पार्टीले ६०९ वटा पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन

 

काठमाडौँ । जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार चार हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन नभएका जिल्लाहरू कर्णाली प्रदेशमा (डोल्पा र हुम्ला), लुम्बिनी प्रदेश (रुकुम पूर्व), गण्डकी प्रदेशमा (मनाङ र मुस्ताङ), मधेस प्रदेशमा (धनुषा, सप्तरी बारा र सर्लाही) रहेको छ । अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरू (सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट) रहेको बुर्लाकोटीले जानकारी दिए ।

 

यसैगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। मधेस प्रदेशको अधिवेशन स्थगन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको छ ।

 

ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको उनको भनाइ छ ।