पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार बजेट यस वर्ष नबुझ्ने गरी बनाइएको बताएका छन् । एकै प्रकृतिको आयोजनाको टेन्डर एकै पटक खोल्दा काम गर्ने समय फरक पर्ने भएकाले त्यस्तो समस्या सल्टाउन खोज्दा थोरैथोरै बजेट, धेरै कार्यक्रममा परेजस्तो देखिएको उनले बताए ।

संसद्मा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले यस वर्ष १० खर्ब बराबरको टेन्डर लाग्ने जानकारी दिए । जसलाई आगामी तीन वर्षसम्म सक्ने गरी यस वर्ष बजेट विनियोजन गरिएको दाबी उनको छ ।

सडक सुरक्षामा यसअघिका सरकारहरूले गर्न नसकेको विनियोजन वर्तमान सरकारले गरेको उनले बताए । अहिलेसम्म पहिचान भएका सबै पहिरोमा बजेट राखिएको समेत उनले जानकारी दिए । यस वर्ष बजेट किताबमा कम बजेट देखिए पनि अर्को वर्ष थप हुँदै जाने उनको भनाइ छ । अब बन्ने सडकमा ओभरपास, अन्डरपास र फ्लाइओभर बन्ने उनको भनाइ छ ।