साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १० हजार ५०० रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी पनि तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला चार हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















