अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूलबैरका नेपाल प्रतिनिधि मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिद्धार्थ थापा कांग्रेस सांसद सुनीलबहादुर थापाका छोरा समेत हुन् ।
मल्ल पक्राउ परिसकेका छन् भने थापा सम्पर्कविहीन छन्। अख्तियारले आजै पासपोर्ट विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरू ठेक्काको स्पेसिफिकेसन परिवर्तन गराई कम्पनीलाई लाभ पुग्ने गरी भूमिका खेलेको आरोपमा मुद्दामा तानिएका हुन्।


















