महिला सुरक्षाका लागि साउन १ देखि उपत्यकामा ८ वटा ‘ब्लू बस’चल्ने

सरकारले आउँदो साउन १ गतेदेखि काठमाण्डौ उपत्यकामा ८ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लू बस’सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो ।

पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गर्ने र त्यहीअन्तर्गत पहिलो चरणमा उपत्यकामा ८ वटा बस सञ्चालन गर्न लागेको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए । पहिलो चरणमा साउन १ गतेदेखि बस सेवा सञ्चालन गरिनेछ।

प्रारम्भिक चरणमा लगनखेल–बूढानीलकण्ठ रूटमा दुई वटा र थानकोट–नागढुंगा–विमानस्थल रूटमा दुई वटा बस सञ्चालन गरिने छ। चक्रपथ (रिङरोड)क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछन्।