सेती नदीमा महिलाको शव

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ । नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए ।

महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।