दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि मोबिल खनाएर दुर्व्यवहार गरिएको छ ।
घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले मोबिल खनाएर दुर्व्यवहार गरेका हुन् । घटनापछि प्रहरीले वडा सदस्य बुढाथोकीको खोजी सुरू गरेको छ ।



















